युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षा आवश्यक : विनोद चौधरी
बर्दघाट । नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको सीजी पोलिटेक्निकलबाट ७३ युवाले प्राविधिक तालिम पुरा गरेका छन् । ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकलको तालिम सम्पन्न गरेका हुन् ।
प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाका युवाहरुले ६ महिने तालिम पुरा गरेका हुन् ।
नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरुलाई प्राविधिक शिक्षा दिने गरी पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । उनले निर्वाचनका बेला युवाहरुलाई स्वरोजगार बनाउन पोलिटेक्निक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । चुनावी प्रतिबद्धता अनुसार उनले निर्वाचित भएलगत्तै पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सांसद चौधरीले प्राविधिक शिक्षाले युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने बताए ।
शुक्रबार नवलपरासीको प्रतापपुर गाउँपालिकामा सीजी पोलिटेक्निकद्वारा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने, ‘देशभित्र रोजगारीका क्षेत्रहरु सिमित छन् । युवाहरुले सहजै रोजगारी पाइरहेका छैनन् । त्यसका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्छ । प्राविधिक शिक्षा भयो भने युवाहरु आफै स्वरोजगारमूलक काम गर्न सक्छन् ।’
उनले नेपालबाट अदक्ष कामदार श्रमका लागि गइरहेको उल्लेख गर्दै प्राविधिक शिक्षा भए युवाहरुले विदेशमा पनि राम्रो काम पाउने बताए ।
कार्यक्रममा प्रदेश सांसद देवकरणप्रसाद कलवारले प्राविधिक शिक्षाले त्यस क्षेत्रका युवाहरुलाई रोजगारी पाउन सहज हुने विश्वास गरे । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले गाउँमा प्राविधिक शिक्षा पाएपछि युवाहरु लाभान्वित भएको बताए ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि प्राविधिक शिक्षाको महत्वमाथि जोड दिए । दोस्रो चरणको तालिमका लागि तयारी सुरु भएको सीजी पोलिटेक्निकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण