शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’मा कर्मा र साम्राज्ञीको रोमान्स

शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । २९ भदौमा सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘नाङ्गो गाउँ’ । फिल्मको पहिलो गीत ‘पहिलो नम्बर’ सार्वजनिक भएको छ । 

गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । 

रोमान्टिक शैलीमा तयार गीतमा कर्मा र साम्राज्ञी राज्य लक्ष्मी शाहको रोमान्स छ । रामजी लामिछानेको कोरियोग्राफीमा रहेको गीतको भिडियोमा आलोक शुक्लाले छायांकन गरेका हुन् ।

क्लब वर्क क्रियशन प्रा.लिको ब्यानरमा जय श्रेष्ठको लगानी रहेको फिल्मका रामहरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्म  दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा कर्मा र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ ।

राजनीतिका कारण नाङ्गिँदै गएको गाउँको अवस्था फिल्मको कथा बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया