विशेष अभियानलाई सफल बनाउन माओवादीले प्रवासबाट १५ लाख उठाउने, कुन क्षेत्रबाट कति ?
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले भदौ १६ गतेदेखि सञ्चालन गर्न लागेको जनतासँग माओवादी विशेष तीन महिने अभियानका लागि प्रवास समन्वय कमिटीले १५ लाख रुपैयाँको आर्थिक कोष खडा गर्ने निर्णय गरेको छ । शुक्रवार नवनियुक्त प्रवास कमिटी इन्चार्ज सुरेन्द्र कार्कीको अध्यक्षतामा बसेको जुम बैठकले विविध निर्णय गर्दै अभियान सफल बनाउन बजेटको व्यवस्था गरेको हो ।
दक्षिण क्षेत्रबाहेका ५ क्षेत्रीय समितिहरूलाई कोटा निर्धारण गरिएको केन्द्रीय सदस्य एवं सहइन्चार्ज लक्ष्मण पन्तले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार पार्टीको विशेष अभियानमा सम्भव भएसम्म भौतिक रूपमै उपस्थित भएर सफल बनाउन बैठकले आह्वान गरेको छ ।
‘पार्टीले सञ्चालन गर्ने विशेष अभियानलाई सफल बनाउन हामीले १५ लाख जम्मा गर्ने निर्णय गरेका छौँ । दक्षिण एशियाबाहेका पाँच क्षेत्रबाट तीन–तीन लाख रकम सङ्कलन गरी कोषमा जम्मा गर्नेर्छौँ। दक्षिण एशियाको भारतबाट बिदा लिएर धेरैभन्दा धेरैको सहभागिता हुने निर्णय भएको छ’, उनले भने ।
माओवादी केन्द्रको भारतमा अखिल भारत नेपाली एकता मञ्च नामक कमिटी छ । उनीहरूलाई बिदा लिएर भौतिक रूपमै अभियानमा उपस्थिति जनाउन आह्वान गरेको हो ।
यसबाहेकबाहेक अन्य देशमा नेपाली जनप्रगतीशील मञ्च क्रियाशील रहेका छन् । जसअनुसार दक्षिण पूर्व एशिया, पश्चिम एशिया, अमेरिकाज्, युरोप, ओसोनिया गरी ५ वटा क्षेत्र निर्धारण गरी कमिटी बनाइएको छ । ती प्रदेशबाट तीन/तीन लाख रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।
गत साउन (१७–२१)सम्म राजधानी काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी रूपान्तरणका लागि सबै केन्द्रीय समितिको अन्तरजिल्लामा कार्यभार हेरफेर गरी ६ हजार ७४३ वडामा खटाउने निर्णय गरेको थियो ।
भौगोलिक रूपमा सात वटा मात्र प्रदेश भएकाले गैर भौगोलिक प्रदेश कमिटी उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवासका केन्द्रीय सदस्यहरू जुन प्रदेशका हुन् त्यही प्रदेशको पालिका हेर्नेगरी कार्यविभाजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण