भारतीय मेडिकल कलेजहरूमा अनुगमनको लागि विज्ञ टोली पठाउने तयारी
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भारतीय मेडिकल कलेज तथा शिक्षालयहरूको अनुगमनको लागि टोली पठाउने तयारी गरेको छ । नेपालका २२८ शिक्षण संस्था बन्द भएपछि भारतमा खुलेका मेडिकल कलेज तथा शिक्षालयहरूमा धेरै जसो नेपाली विद्यार्थी पढ्दै आएका छन् ।
भारतको राजस्थानमा रहेको संगम युनिभर्सिटी, गुजरातमा रहेको पारूल युनिभर्सिटी लगायतका विश्वविद्यालय अन्तर्गतका कलेज तथा शिक्षालयहरूमा नेपाली विद्यार्थीहरू एचए, नर्सिङ, पारामेडिक्स, ल्याब टेक्निसियन लगायतका विषय पढ्दै आएका छन् ।
झन्डै २०० जना विद्यार्थी एचए (हेल्थ असिस्टेन्ट) पढेर नेपाल आइसकेका छन् । उनीहरूले लाइसेन्सका लागि परिषद्मा आवेदन दिएका छन् । तर, परिषद्ले उनीहरूले पढेको विषयमाथि प्रश्न उठाउँदै लाइसेन्स परीक्षा दिन रोकेको छ ।
उनीहरूलाई लाइसेन्स परीक्षा दिनुअघि परिषद्ले विज्ञ टोली भारतीय कलेजहरूको अनुगमनको लागि जाने तयारी गरेको छ । त्यसका लागि भारतका ४ वटा विश्वविद्यालयले परिषद्लाई पत्राचार गरेका थिए । नेपाली विद्यार्थीहरू अध्ययन गर्दै आएको र भोलि नेपाल गएर लाइसेन्सका लागि परिषद्बाटै परीक्षा दिनुपर्ने भन्दै ती विश्वविद्यालयहरूले पाठ्यक्रम तथा गुणस्तरबारे अनुगमन गर्न आउन पत्राचार गरेका हुन्।
परिषद्का रजिष्ट्रार लीलानाथ भण्डारीले अनुगमनका लागि विज्ञ टोली गठन गरिसकिएको बताए । जसमा विषय विज्ञ शिक्षकहरू, उक्त विषयसँग सरोकार राख्ने संस्थाका प्रतिनिधि सम्मिलित छन् । परिषद्को अध्यक्ष पद रिक्त रहेकाले निर्णय गरेर उक्त टोलीलाई अनुगमनको लागि पठाउन नसकिएको भण्डारीले बताए ।
‘नेपाली विद्यार्थीहरू पढिरहेका छन् । पढ्न थालेपछि अनुगमनको लागि त जानैपर्छ । त्यसका लागि हामीले टोली बनाएर राखेका छौं । तर, अध्यक्ष ज्यू नभएकाले परिषद्को बोर्डले निर्णय गर्न सकेको छैन । अध्यक्ष नियुक्त भएर आउने बित्तिकै यो विषयमा निर्णय हुन्छ’ भण्डारीले भने ।
सन् २०१८ मा भर्ना भएर पास आउट भएका एचए पढेका विद्यार्थीहरूले परिषद्मा लाइसेन्सका लागि आवेदन दिएका छन् । तर, ती शिक्षण संस्थाको गुणस्तरमाथि प्रश्न उठाउँदै परिषद्ले परीक्षा दिनबाट रोक लगाएको छ । अनुगमन गरेर आएपछि के गर्ने भन्नेबारे निर्णय गर्न सकिने उनको भनाई छ ।
भारतीय विश्वविद्यालय अन्तर्गतका ती शिक्षण संस्थाहरूमा सन् २०१८ पछि विषय र कोटा थप गरिएका हुन् । ती शिक्षण संस्थाहरूले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पुरै कोर्स पढाइरहेका छन् । हुँदा हुँदै उक्त कोर्समा नेपाली विषय समेत समावेश गरेका छन् ।
ती शिक्षण संस्थाहरूले नेपालका दुवै परिषद्बाट सम्बन्धन लिएको दाबी गरेका छन् । तर, दुवै निकायले भने अनुमति नदिएको प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
थाहा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
-
भरतपुरमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक, तस्बिरहरू
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण