नेपाली कांग्रेसमा मतभिन्नता : संस्थापन दाहालतिर, इतरपक्ष ओलीतिर
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन् । सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय समिति गठनको विपक्षमा उभिएका छन् ।
तर संस्थापन इतर सांसद सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पक्षमा देखिएका हुन् । कांग्रेस संस्थापन इतर सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरेजस्तै उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा उभिएका छन् । बैठकमा नेता शेखर कोइरालासहित जीवन परियार, चन्द्र भण्डारी, सञ्जय गौतम, रामकृष्ण यादव, सीता मिजारलगायतले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने धारणा राखेका छन् ।
नेता कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाएर गहिरो छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए । प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संघीय संसद्का बैठक अवरुद्ध गर्दै आएको छ । यसै सन्दर्भमा कोइरालाले संसदीय दलको बैठकमा उच्चस्तरीय समिति गठनको विकल्प भएको धारणा राखेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण