शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

सोमबार, २९ साउन २०८०, १४ : ४७
सोमबार, २९ साउन २०८०

काठमाडौँ । पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।  

सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भई पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो । 

पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । पुनः शुक्रबार महानगरले हटाएको शालिक पोखरा लगायतका स्थानमा नागरिकहरुले पुनः स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको विरोध गरेका छन् ।

प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पु¥याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप