शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

सोमबार, २९ साउन २०८०, १८ : ०६
सोमबार, २९ साउन २०८०

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो ।

नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको जानकारी दिए ।

पछिल्लो समय देशका विभिन्न स्थानमा आँखा पाक्ने रोग देखिएपछि विद्यालयहरु बन्द हुन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप