शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आँखा पाकेको छ ? स्वास्थ्य मन्त्रालयका यस्ता छन् टिप्स

मङ्गलबार, ३० साउन २०८०, १५ : ०६
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । देशका विभिन्न भागमा अहिले आँखा पाक्ने रोगको प्रकोप देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘भाइरल कन्जंक्टिभाइटिस’ अर्थात् अहिले प्रकोपका रुपमा देखिएको आँखा पाक्ने रोग लागेमा घरमै एकदेखि दुई हप्तामा निको पार्न सकिन्छ ।

मन्त्रालयका अनुसार आँखा पाकेका बिरामीले घरमा स्याहार गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।

– आँखा बन्द गरेर बरफले सेक्ने । सफा रुमालमा बरफ राखेर सेक्न सकिन्छ ।

– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।

– आँखा छोइसकेपछि साबुन पानीले मिचीमिची राम्रोसँग हात धुने ।

– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।

– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

मन्त्रालयले स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभाबी औषधि प्रयोग नगर्न पनि सुझाव दिएको छ । दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जान पनि मन्त्रालयले सर्वसाधारणलाई अपिल गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप