उड्नै लाग्दा एयर इण्डियाको पाङ्ग्रा नखुलेपछि ग्राउण्डेड
मङ्गलबार, ३० साउन २०८०, १७ : ३६

काठमाडौँ । एयर इन्डियाको जहाज उड्नै लाग्दा चक्का (ह्वील) नचलेपछि ग्राउण्ड हुन पुगेको छ । मंगलबार दिउँसो ४ः१० बजेट १७९ जना यात्रु बोकर जहाज दिल्ली उड्दै थियो ।
तर, जहाज रन वे बाट टेक अफ (उड्न) लाग्दा पाङ्ग्रा जाम भएपछि रोकिन पुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । लगत्तै जहाजलाई तानेर पार्किङमा ल्याइएको विमानस्थलको सूचना डेक्सले रातोपाटीलाई जानकारी दियो ।
जहाज रन वे मा नै अड्किएपछि झण्डै ३० मिनेट हवाई उडान तथा अवतरण अवरुद्ध हुन पुगेको छ । तर, समस्यामा परेको जहाजलाई पार्किङ क्षेत्रमा ल्याई मेन्टेनेन्स गरिसकिएको र विमानस्थलको अवस्था सामान्य रहेको विमानस्थलले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश