उड्नै लाग्दा एयर इण्डियाको पाङ्ग्रा नखुलेपछि ग्राउण्डेड
मङ्गलबार, ३० साउन २०८०, १७ : ३६
काठमाडौँ । एयर इन्डियाको जहाज उड्नै लाग्दा चक्का (ह्वील) नचलेपछि ग्राउण्ड हुन पुगेको छ । मंगलबार दिउँसो ४ः१० बजेट १७९ जना यात्रु बोकर जहाज दिल्ली उड्दै थियो ।
तर, जहाज रन वे बाट टेक अफ (उड्न) लाग्दा पाङ्ग्रा जाम भएपछि रोकिन पुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । लगत्तै जहाजलाई तानेर पार्किङमा ल्याइएको विमानस्थलको सूचना डेक्सले रातोपाटीलाई जानकारी दियो ।
जहाज रन वे मा नै अड्किएपछि झण्डै ३० मिनेट हवाई उडान तथा अवतरण अवरुद्ध हुन पुगेको छ । तर, समस्यामा परेको जहाजलाई पार्किङ क्षेत्रमा ल्याई मेन्टेनेन्स गरिसकिएको र विमानस्थलको अवस्था सामान्य रहेको विमानस्थलले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि, १५ विधाका खेलमा प्रतिस्पर्धा हुने
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण