बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि, १५ विधाका खेलमा प्रतिस्पर्धा हुने
सारांश
- बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि ९ गतेसम्म हेटौँडामा सञ्चालन हुने भएको छ ।
- प्रतियोगितामा १५ विधाका खेलहरू समावेश गरिएको छ जसमा करिब ४ हजार खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहनेछ ।
- प्रदेशको खेलकुद विकास र खेलाडीहरूको प्रतिभा प्रस्फुटनका लागि यो प्रतियोगिता महत्त्वपूर्ण प्लेटफर्मको रूपमा रहनेछ ।
हेटौँडा । बागमती प्रदेश खेलकुद प्रतियोगिता आगामी असार ३ गतेबाट सुरु हुने भएको छ । असार ३ देखि ९ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता सांचालन गर्ने गरी युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्ले तयारी गरेको हो ।
यसअघि जेठ २४ गतेबाट सुरु गर्ने तयारी गरिएको उक्त प्रतियोगिता आन्तरिक तयारीका लागि सारिएको थियो । गत वैशाखमा काठमाडौँमा बसेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको २४औँ बोर्ड बैठकले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो ।
परिषद्को आयोजनामा ‘तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता’ असार ३ गतेदेखि सञ्चालन गर्ने गरी प्रतियोगिताको विस्तृत खेल तालिका र प्राविधिक संयोजकहरूको नामावली सार्वजनिक गरिएको छ । परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार प्रतियोगिता संचालनका लागि आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ ।
सार्वजनिक तालिका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन असार ३ गते हेटौँडामा हुनेछ भने समापन समारोह असार ९ गते हेटौँडामा नै आयोजना गरिनेछ । यद्यपि, एथलेटिक्स विधाका खेलहरू भने असार १ गतेदेखि नै हेटौँडाको पिप्ले रंगशालामा सुरु हुनेछन् ।
१५ विधाको खेलहरुमा हुने प्रतियोगिता अन्तर्गत करिब ४ हजार खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहने सदस्य सचिव लामाले बताए । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, जुडो र टेबल टेनिस गरी कूल १५ विधाका खेलहरू समावेश गरिएको छ ।
अधिकांश खेलहरू मकवानपुरको हेटौँडामा हुनेछन् गर्ने तयारी गरिएको उनले बताए । फुटबल (महिला र पुरुष), क्रिकेट (पुरुष), बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल र टेबल टेनिसका खेलहरू हेटौंडाका विभिन्न स्थानमा हुने तय गरिएको उनको भनाई छ ।
त्यस्तै महिला क्रिकेट र करातेका खेलहरू चितवनमा सञ्चालन हुनेछन् । भलिबल, पौडी, उसु र जुडोका खेलहरू भने काठमाडौँ र ललितपुरका विभिन्न खेलकुद स्थलहरूमा आयोजना गरिने उनले बताए । प्रतियोगिताका लागि प्राविधिक तथा संयोजकहरूको जिम्मेवारी समेत तोकिएको उनले बताए ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन परिषद्ले १५ वटै विधाका लागि प्राविधिक समिति संयोजकहरू तोकेको उनले बताए । जसअनुसार क्रिकेटमा अनिल अधिकारी, भलिबलमा सुनिता गौतम, करातेमा रवि महर्जन, फुटबलमा अमृत लुङ्वा र एथलेटिक्समा शुक्र माझी लगायतका खेल विज्ञहरुलाई जिम्मेवारी दिइएको छ ।

प्रदेशको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रतिभा प्रस्फुटनका लागि उक्त प्रतियोगिता एउटा महत्त्वपूर्ण प्लेटफर्मको रूपमा रहने सदस्य सचिव लामाको भनाई छ । प्रतियोगितामा २ हजार ९५५ खेलाडी, एक हजार २०६ अफिसियल गरी चार हजार १६१ जना सहभागी हुनेछन् । जसमध्ये फुटबलमा ३६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने ४० प्रशिक्षक तथा व्यवस्थापक एवम् २० जना निर्णायक परिचालन हुनेछन् ।
यस्तै, भलिबलमा ३१२, करातेमा २१८, आइटिएफमा २१८, तेक्वान्दोमा २६२, उसुमा १५९, जुडोमा १३८, फुलकन्ट्याक्ट करातेमा १३०, क्रिकेटमा २२४, ब्याडमिन्टनमा ७८, बक्सिङमा १७०, एथलेटिक्समा ४५५, बुद्धिचालमा ७८, पौडीमा ७५ र टेबुलटेनिसमा ७८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको सदस्य–सचिव लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
-
मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन
-
ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
-
वाल्मीकि विद्यापीठको नक्कली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण