शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल लुम्बिनी प्रदेश इन्चार्जमा उत्तम तिमल्सिना, दिनेश शाह केन्द्रीय सदस्यमा मनोनीत

बिहीबार, ३२ साउन २०८०, ०९ : ४९
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिनालाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् ।  

पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्य समिति खारेज गर्ने निर्णय गरेपछि तत्कालका लागि समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

यसै गरी आज नै युवा समाजसेवी दिनेश कुमार शाह (अछाम)लाई अध्यक्ष थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप