दोरम्बामा प्रचण्ड, तस्बिरमा हेरौँ
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्ला दिनमा केही अल्मलिए पनि अब पुरानै अवस्थामा ल्याइने बताएका छन् ।
बिहीबार रामेछापमा आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको भन्दै त्यो अवस्थामा सुधार ल्याउने बताएका हुन् । ‘जनता र हामीबीचको सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं, प्रचण्डको भनाइ छ ।
_H1oPotbWOM.jpg)
प्रचण्डले हिजो माओवादी रक्तपातपूर्ण क्रान्तिमा भएपनि आज समाजवादका निम्ति रूपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेको बताए । ‘अब फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ’, प्रचण्डले भने, ‘आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा पुर्याएर आगामी निर्वाचनमा २०६४ को निर्वाचन जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’
कार्यक्रममा पीडित परिवारलाई सम्मान गरिएको थियो । २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै बेला सरकार र माओवादीबीच वार्ता भइरहँदा दोरम्बा घटना भएको थियो । सो घटनामा नेपाली सेनाले नियन्त्रणमा लिएका माओवादीका २१ नेता कार्यकर्ताको हत्या गरेको थियो ।
_A1Y4GGvvqh.jpg)
_U34dbBXTrV.jpg)
_p3nVJ3UK71.jpg)
_LtkzT4lSO5.jpg)
_uMUSGXSFXi.jpg)
_aif2UQec09.jpg)
_cNOtnV6LTV.jpg)
_xkAn7M5D3i.jpg)
_YOqVZ5O4Rq.jpg)
_NGif0TqoHJ.jpg)
_7e6MMN3fOt.jpg)
_qarVceBG3I.jpg)
_2deir6B4QI.jpg)
_tXpPk4XwTL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण