तीन महिने अभियानपछि माओवादी सबैभन्दा ठुलो शक्ति भएर उदाउँछ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् ।
बिहीबार २० औं दोरम्बा हत्याकाण्डको स्मृतिसभा रामेछापमा बोल्दै उनले देशमा देखिएको व्यापक वेथिति र विक्रितिको अन्त्य गर्न सरकारले चालेको कदमबाट अत्तालिएकाले विपक्षीले विभिन्न भ्रम छरिरहेको आरोप लगाए ।
‘सरकार सामाजिक न्यायसहित सुशासन र समृद्धिको अभियानमा दृढ संकल्प लिएर अघि बढेको छ । यसबाट आत्तिएका विरोधीहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ता भ्रमको पछाडि नलाग्न म आग्रह गर्छु’, उनले भने ।
उनले गठबन्धन दलहरूबीच कुनै दरार नभएको भन्दै सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकताबद्ध भएर लागेको बताए । सामन्ती राज्यसत्ताविरूद्ध जनयुद्धमा आफू जुन जोश र सक्रियताका साथ लागेको थिएँ, जीवनको उत्तरार्द्धमा पनि सोही जोसका साथ समाजवादको यात्रामा लाग्ने उनले प्रतिबद्धता जनाए ।
प्रचण्डले तीन महिने अभियानले जनतासँग माओवादीको सम्बन्ध स्थापित हुने र त्यसपछि ठुलो शक्ति भएर उदाउन दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण