चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि, कति पुग्यो ?
काठमाडौँ । सरकारले चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ ।
सरकारले यही साउन १ गतेदेखि लागु हुने गरी चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ तोकिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक आज राजपत्रमा प्रकाशित भएसँगै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ ।
वृद्धि भएको पारिश्रमिकमा चिया बगानका श्रमिकका लागि आठ हजार नौ सय ३४ आधारभूत र चार हजार नौ सय ५९ महँगी भत्ता गरेर मासिक १३ हजार आठ सय ९३ तोकिएको हो ।
चिया बगानका श्रमिकलाई आधारभूत र महँगी भत्ता जोडेर दैनिक पाँच सय पारिश्रमिक निर्धारण गरिएको छ । यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ निर्धारण गरिएको छ ।
उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।
न्यूनतम पारिश्रमिक निर्धारण गर्ने स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण