विद्युत चुहावट १३.४६ प्रतिशतमा झर्यो, हालसम्मकै न्यून विन्दुमा झरेको दाबी
काठमाडौं । विद्युत चुहावट १३.४६ प्रतिशतमा झरेको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङले शुक्रबार २०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्ष १५.३८ प्रतिशतले रहेको विद्युत चुहावट आर्थिक वर्ष २०७९/८० मा १३.४६ प्रतिशतमा झार्न सफल भएको बताए ।
यो नेपालको इतिहासमा विद्युत चुहावटको हालसम्मकै न्यून विन्दु रहेको समेत सीईओ घिसिङको दाबी छ । सोही प्रतिवेदनमार्फत कार्यकारी घिसिङले निरन्तरको प्रयासबाट विगत ७ वर्षदेखि प्राधिकरण नाफामा गएको बताउँदै वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरिरहेको बताए । जसका कारण प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको उनले बताए ।
विगतका वर्षहरुमा जस्तै आर्थिक वर्ष २०७९/८० मा पनि विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण