पोखरामा बास्कोट सहरी स्वास्थ्य केन्द्र शिलान्यास
कास्की । कास्कीको बास्कोटमा बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । पोखरा महानगरपालिका वडा नं.२४ बन्ने केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका छन् ।
स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताएका छन् । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने मेयर आचार्यको भनाइ छ । महानगरका वडाहरूमा ल्याव परीक्षण सहितका शिविरहरू सञ्चालन अभियान समेत थालिएको उनको भनाइ छ ।
_RHwKx3pqZr.jpg)
वडाअध्यक्ष भरतबहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले स्थानीय नागरिकहरूलाई सुविधा हुने भन्दै सामान्य स्वास्थ्य समस्याका लागि पोखरा बजार नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । ४ करोड लागतमा वर्षभित्र निर्माण सम्पन्न गरिने उक्त भवन २ तले हुनेछ । यसअघि वडा नम्बर २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान
-
१० खेलाडीमा सीमित पाराग्वेले टर्कीलाई हरायो
-
प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन
-
८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
-
पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण