जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान
सारांश
- जग्गा विवादमा २० वर्षअघि हत्या गरी फरार भएका श्यामबाबु प्रसाद चौरसियालाई बारा प्रहरीले पक्राउ गरी अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
- २०६२ असोज ३ गते शीतलप्रसाद चौरसियाको जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण दुधौरा खोलाको बगरमा घाँटी रेटी हत्या गरिएको थियो।
- प्रहरीले जेठ १३ गते पक्राउ गरेका चौरसियालाई असार ५ गतेको अदालतको आदेशले थुनामा पठाएको हो।
बारा । बारामा २० वर्षअघि जग्गा विवादका कारण एक पुरुषको घाँटी रेटी हत्या गरेर फरार भएका अभियुक्तलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०६२ साल असोज ३ गते भएको हत्याकाण्डका मुख्य अभियुक्त बाराको प्रसौनी गाउँपालिका–१ बस्ने दुखी राउत बरैका ४८ वर्षीय छोरा श्यामबाबु प्रसाद चौरसियालाई जेल चलान गरिएको हो।
घटना विवरण अनुसार, २०६२ असोज ३ गते बिहान अन्दाजी १० बजेको समयमा कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल बस्ने ४० वर्षीय शीतलप्रसाद चौरसियाको विभत्स हत्या भएको थियो । नारायणी उप–क्षेत्रीय अस्पताल वीरगन्जबाट आफ्नो ड्युटी सकेर घर फर्किने क्रममा शीतल प्रसादलाई जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण प्रसौनी स्थित दुधौरा खोलाको बगरमा घेरी घाँटी काटेर हत्या गरिएको थियो।
उक्त घटना लगत्तै फरार रहेका चौरसियालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले यही जेठ १३ गते पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान पूरा गरी बारा जिल्ला अदालतमा पेस गरिएको थियो।
अदालतको असार ५ गतेको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा तत्काल निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड
-
पढ्यौँ, बढ्यौँ तर समाजसँग जोडिएनौँ
-
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
-
घरको नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक एउटै हुन नपाउने, स्थानीय तहलाई परिपत्र
-
नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण