मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ लाख ७२ हजारले बढ्यो, २ खर्ब ३३ अर्बको कारोबार
काठमाडौँ । पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ लाख ७० हजारले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार २५५ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म आइपुग्दा २ करोड १३ लाख ६३ हजार ९९८ पुगेको हो ।
मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भएसँगै यता कारोबारमा समेत वृद्धि भएको छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ कारोबार ४३ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको बैंकले जनाएको छ ।
यसैगरी इन्टरनेट बैंकिङमार्फत १५ अर्ब ५० करोड २० लाख रुपैयाँ, एटीएममार्फत डेबिट/क्रेडिट कार्डमार्फत क्रमशः ९० अर्ब ५४ करोड १० लाख र १ अर्ब ८३ करोड रुपैयाँ कारोबार भएको छ ।
यस अवधिमा रियल टाइम गेट सेटलमेन्ट (आरटीजीएस) को माध्यममार्फत सबैभन्दा बढी २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण