मानव बस्तीबाट मध्यवर्ती क्षेत्रको सिमाना सार्न एमाले नेता बर्तौलाको माग
मकवानपुर । एमाले संसदीय समितिका सचेतक महेश बर्तौलाले मानव बस्तीबाट निकुञ्जको मध्यवर्ती क्षेत्रको सिमाना सार्नुपर्ने माग गरेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बर्तौलाले शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक सिन्धु ढुंगानासँग कुरा गर्दै मध्यवर्ती क्षेत्रको सिमाना मानव बस्तीबाट पर सार्नुपर्ने अनुरोध गरेका हुन् ।
उनले संरक्षण क्षेत्र, निकुञ्जको कोर एरिया तथा बफर जोनका विषयमा महानिर्देशक ढुंगानासंग छलफल गरे । बफर जोनको परिभाषाको दायरा फराकिलो बनाउँदै मानव बस्तीबाट मध्यवर्ती क्षेत्रको सिमाना भन्दा पर सार्नुपर्ने उनको भनाई छ ।
सांसद बर्तौलाले मध्यवर्ती क्षेत्रका कारण वन्यजन्तुको आक्रमणले मानवीय क्षति हुनुको साथै कृषि उपजहरु नष्ट हुँदा आर्थिक रुपले नागरिकलाई समस्या परेको बताए ।
निकुञ्जको कोर एरियामा कंक्रिटवाल वा अपसेट तारबारले जनता र जनावर बीचमा हुने द्वन्द्व कम नहुने भन्दै महानिर्देशक ढुंगानासंगको भेटमा सचेतक बर्तौलाले भने, ‘जंगली जनावरको कारण मानिसको मृत्यु भएका मृतकको परिवारले क्षतिपूर्ति बापत पाउने रकम १० लाख रुपैयाँबाट बढाएर २५ लाख पुर्याउनु पर्छ ।’
उनले मनहरि लगायतको क्षेत्रमा भूमि आयोगले वितरण गर्न लागेको जग्गाको निस्सा वितरणमा निकुञ्जले समस्या खडा गर्दा कुनै पनि वेला वन र स्थानीय बीचमा समेत झडप हुन सक्ने बताए ।
छलफलका क्रममा मध्यवर्ती क्षेत्रका कारण नागरिकमा परेका समस्या समाधानमा विभाग सकारात्मक रहेको र आफ्नो अधिकार क्षेत्रमा रहेर उक्त समस्या समाधानमा भूमिका निर्वाह गर्ने महानिर्देशक ढुंगानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण