एमालेद्वारा समस्या समाधान कार्यदल गठन
शुक्रबार, ०१ भदौ २०८०, २० : ५१
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय युवा संघ, नेपालको कञ्चनपुरको जिल्ला अधिवेशनमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । एमालेले सो घटनालाई अवाञ्छित भन्दै यस्तो गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेको सचिवालय बैठकले ती अवाञ्छित क्रियाकलाप र अन्तर्विरोधको सन्दर्भमा सत्यतथ्य बुझेर समस्या समाधान गर्नका लागि ‘समस्या समाधान कार्यदल गठन’ गरेको पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
कार्यदलको संयोजक उपाध्यक्ष युवराज ज्ञवाली रहेका छन् भने सदस्यमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य ज्वाला साह रहेका छन् । कार्यदलले अधिवेशनमा उत्पन्न विवाद र कुटपिटका घटनाका सन्दर्भ छानविन गरी आवश्यक निर्णय लिने छ । कार्यदलले आफ्नो काम तत्काल सुरु गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण