शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हास्य कलाकार शैलेन्द्र सिम्खडालाई गोपालराज पन्त स्मृति सम्मान पुरस्कार

शुक्रबार, ०१ भदौ २०८०, २१ : ११
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौंँ । हास्य कलाकार / कवि शैलेन्द्र सिम्खडा गोपालराज पन्त स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । राजधानीमा आयोजित पन्त स्मृति प्रतिष्ठानको २१ औं बार्षिक उत्सव तथा १८ औं पुरस्कार समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

हास्य ब्यङ्ग्यमार्फत समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सिम्खडाको उक्त योगदानको मूल्याङकन गर्दै पुरस्कार प्रदान गरिएको हो । पुरस्कारले आफूलाई कर्मक्षेत्रमा अझ उर्जावान बनाउने कलाकार सिम्खडाले बताए ।

सिम्खडा पछिल्लो समय महागफाडी रियालिटी शोमा समेत निर्णायकको रुपमा देखिँदैछन् । त्यसको अलवा गाईजात्राको अवसर पारेर देशको बिभिन्न स्थान र प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने ‘८० सालको गाईजात्रा’मा पनि उनको बिभिन्न प्रस्तुति रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप