हास्य कलाकार शैलेन्द्र सिम्खडालाई गोपालराज पन्त स्मृति सम्मान पुरस्कार
शुक्रबार, ०१ भदौ २०८०, २१ : ११
काठमाडौंँ । हास्य कलाकार / कवि शैलेन्द्र सिम्खडा गोपालराज पन्त स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । राजधानीमा आयोजित पन्त स्मृति प्रतिष्ठानको २१ औं बार्षिक उत्सव तथा १८ औं पुरस्कार समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो ।
हास्य ब्यङ्ग्यमार्फत समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सिम्खडाको उक्त योगदानको मूल्याङकन गर्दै पुरस्कार प्रदान गरिएको हो । पुरस्कारले आफूलाई कर्मक्षेत्रमा अझ उर्जावान बनाउने कलाकार सिम्खडाले बताए ।
सिम्खडा पछिल्लो समय महागफाडी रियालिटी शोमा समेत निर्णायकको रुपमा देखिँदैछन् । त्यसको अलवा गाईजात्राको अवसर पारेर देशको बिभिन्न स्थान र प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने ‘८० सालको गाईजात्रा’मा पनि उनको बिभिन्न प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण