एमालेले चार नेतालाई दियो कामबाट बिदा, दुई केन्द्रीय सदस्य पदमुक्त
शुक्रबार, ०१ भदौ २०८०, २१ : १७
काठमाडौँ । नेकपा एमालेले चार जना नेतालाई कामबाट बिदा दिने निर्णय गरेको छ । एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हालका लागि कामबाट बिदा दिने निर्णय गरेको हो ।
स्वास्थ्यलगायतका कारण देखाउँदै हाललाई पार्टीको कामबाट बिदा दिइएको एमालेको भनाइ छ ।
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरुको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने उल्लेख छ ।
यस्तै केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्यबाट पदमुक्त गरिएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण