मेकअप गर्दा बिर्सेर पनि नगर्नुहोस् यी चार गल्ती : बिग्रन सक्छ सुन्दरता, बढी उमेरको देखाउन सक्छ
आजकाल मेकअपको चलन व्यापक छ । विवाह होस् वा अन्य समारोह, मेकअप बिना विरलै महिलाको उपस्थिति हुन्छ । मेकअपले तपाईंलाई सुन्दर र आकर्षक मात्र बनाउँदैन, यसको माध्यमबाट तपाईं आफ्नो रचनात्मकता पनि देखाउन सक्नुहुन्छ । मेकअपले तपाईंको सौन्दर्यमा निखार ल्याउँछ तर मेकअपमा गल्ती गरियो भने विपरीत नतिजा देख्न पाइन्छ । मेकअप गर्दा तपाईंले गरेको एउटा गल्तीका कारण तपाईं बुढो देखिन सक्ने सम्भावना प्रबल हुन्छ । त्यसैले मेकअप गर्दा कस्ता गल्ती गर्नु हुँदैन भन्नेबारे जानकारी लिऔँ ।
१. आवश्यकता भन्दा बढी फाउन्डेसन लगाउँदा
कति पटक सुन्दर देखिन्छ कि भनेर केहि महिलाले चाहिनेभन्दा बढी फाउन्डेसन लगाउँछन् । आवश्यकताभन्दा बढी फाउन्डेसनको प्रयोगले तपाईंको उमेरभन्दा बढीको देखाउन सक्छ । तपाईंले अनुहारमा फाउन्डेसन लगाउनुको साटो पोत्नुभयो भने यसले छाला धेरै सेतो देखाउँछ र अनुहारमा केही समयमै साना धर्साहरू देखिन थाल्छ । फाउन्डेसनलाई राम्रोसँग ब्लेन्ड गर्न पनि आवश्यक छ त्यसैले धेरै फाउन्डेसन लगाउनु हुँदैन ।
२. लिपस्टिकको गलत सेड
लिपस्टिकका सबै सेडहरू सबैको छालामा सुट हुँदैनन् । लिपस्टिकका केही यस्ता सेड्हरु हुन्छन् जुन तपाईंको छालाका लागि सुहाउँदैनन् र कुनै लिपस्टिकले तपाईंलाई थप उमेरदार देखाउन सक्छ । तपाईंले पहेँलो, रातो र बैजनी (पर्पल) सेडको लिपस्टिक लगाउँदै हुनुहुन्छ भने यसले तपाईंलाई बढी उमेरको देखाउँछ । त्यसैले लिपस्टिकका कुन सेड आफूलाई सुहाउँछ, कुन सुहाउँदैन भनेर पनि थाहा पाउनुपर्छ ।
३. आँखा वरिपरि रङको चयन
लिपस्टिक जस्तै, आँखामा गरिने मेकअपले पनि तपाईंलाई उमेरदार देखाउन सक्छ । यस्तो अवस्थामा गलत आई शेड्सबाट जोगिनुहोस् । कति पटक स्मोकी आई मेकअपले पनि उमेर बढाइदिन्छ । तपाईंले आँखा वरिपरि गहिरो र गाढा रङको स्याडो प्रयोग गरिरहनुभएको छ भने यसले तपाईंलाई उमेरदार देखाउन सक्छ । त्यसैले तपाईंले प्राकृतिक शेड्सकै आई मेकअप प्रयोग गर्नुहोस् ।
४. छालाको सुख्खापन
यदि तपाईंको छाला सुख्खा छ र तपाईंले सुख्खा छालामा नै मेकअप गर्नुभयो भने, छालाले छिट्टै मेकअप सोस्न थाल्छ र तपाईंको छालामा चाउरी पर्न थाल्छ । त्यसैले मेकअप गर्नुभन्दा अघि छालालाई राम्रोसँग नरिश गर्नुहोस् । सक्नुहुन्छ भने रातीको समयमा डिप नरिसिङ क्रिम प्रयोग गर्नुहोस् ताकि तपाईंको मेकअप सही होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण