नेपालगञ्जमा रोकिए प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय मान्यता प्राप्त दलको बैठक अनिश्चित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरू बैठक अनिश्चित भएको छ । मौसम खराबीका कारण प्रधानमन्त्री प्रचण्ड नेपालगञ्जमा रोकिएकाले बैठक अनिश्चित भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
‘मौसम खराबीका कारण प्रधानमन्त्रीज्यू नेपालगञ्जमा रोकिनुभएको छ’, उनले भने, ‘उहाँ काठमाडौँ फर्किएपछि साँझ बैठक बस्न पनि सक्छ । निश्चित भएको छैन ।’
माओवादी केन्द्र कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड सोमबार सुर्खेत गएका थिए । बैठकमा भाग लिन काठमाडौँ आउन लागेका उनी मौसम नसुध्रिएपछि नेपालगञ्जमा रोकिएका हुन् ।
संसदमा जारी अवरोधलगायत विषयमा छलफल गर्न प्रचण्डले आइतबार बैठक बोलाएका थिए । बैठक बिनानिष्कर्ष टुंगिएपछि आज दिउँसो ४ बजे बैठक बस्ने भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण