बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मङ्गलबार, ०५ भदौ २०८०, ११ : ४८
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य २०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको जनाएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर कारोबारमा आएको छ । महासंघका अनुसार मूल्य बढेसँगै आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण