सीता रानामगरको उत्कृष्ट बलिङसँगै नेपालको विजयी सुरुआत
काठमाडौँ । नेपालले चार देश सम्मिलित महिला टीट्वान्टी आई क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले मंगलबार आफ्नो पहिलो खेलमा हङ्कङलाई ६ विकेटले हरायो । मलेसियामा भएको उक्त खेलमा नेपाललाई जिताउन सीता रानामगरले उत्कृष्ट बलिङ गरिन् ।
हङ्कङले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा अलआउट हुनुअघि ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.५ ओभरमै केवल चार विकेट गुमाएर ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका पनि प्रहार गरिन् । सीता रानामगर तीन रनमा अविजित रहिन् । पूजा महतोले १८ बलमा १६ रनको योगदान गरिन् । ओपनरको भूमिकामा ओर्लिएकी पूजाको राष्ट्रिय टोलीबाट यो ‘डेब्यू’ खेल हो ।
रुविना क्षेत्रीले २० बलमा १० रन बनाइन् । इन्दु बर्माले नौ रनको योगदान गरिन् । हङ्कङकी बलर केरी चेन, इकरा साहर र मारिको हिलले एक—एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङ्कङलाई सस्तोमा समेटन सीता रानामगरले चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिएकी थिइन् । टीट्वान्टी प्रतियोगितामा यो उनको उत्कृष्ट प्रदर्शन हो ।
नेपालकी बलर इन्दू बर्माले पनि दुई विकेट हात पारिन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक—एक विकेट लिए । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण