बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

खडेरीका कारण श्रीलंकामा पिउने पानीको अभाव

मङ्गलबार, ०५ भदौ २०८०, २२ : १३
मङ्गलबार, ०५ भदौ २०८०

कोलम्बो । खडेरीका कारण करिब २५०,००० श्रीलंकालीहरूले पिउने पानीको अभाव भोगिरहेका छन् ।  श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मंगलबार यस बारे  सार्वजनिक जानकारी गराएको छ । डीएमसीले आफ्नो पछिल्लो  प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तहरू खाने पानीको समस्याले सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताएको छ।

यसअघि श्रीलंकाको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता ९ प्रतिशतमा झरेकोले जनतालाई पानी कम प्रयोग गर्न आग्रह समेत गरेको थियो।

मौसम विज्ञान विभागले असोजसम्म खासै वर्षा नहुने जनाएको छ ।-(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप