परमाणु विकिरणबाट उत्पन्न दुषित जल फाल्ने सरकारको निर्णयको विरुद्धमा ८८.१ प्रतिशत जापानी
काठमाडौँ । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने निर्णयसँगै बिरोध चर्किएको छ ।
मंगलवार बसेको जापनको मन्त्रीपरिषद्को बैठकले बिहीवार (भोलि) देखि परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्ने निर्णय गरेको थियो । प्रशान्त महासागरसँग जोडिने देश, स्थानीयहरुले बिरोध जनाउँदा समेत जापान सरकारले सो निर्णय गरेपछि आन्दोलन झनै चर्किएको हो ।
सरकारको सो निर्णयको चौतर्फी बिरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको थियो । समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरुले सरकारको निर्णयको बिरोध गरिरहेका छन् । जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरुले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् । उनीहरुले जापानी प्रधानमन्त्री जापानका प्रधानमन्त्री फुमियो काशिदाको सरकारी निवास अगाडि बिरोध प्रदर्शन गरेका छन् ।
जनमत सर्वेक्षणमा ८८.१ प्रतिशत नागरिका सरकारको सो निर्णयको बिरुद्धमा रहेको पाइएको राष्ट्रिय समाचार एजेन्सी क्यादोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण