माधव नेपालको प्रतिवेदनमाथि ३० नेताले राखे धारणा, प्रत्येकलाई ५ मिनेटको समय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा धारणा राख्न एक जना सदस्यलाई पाँच मिनेटको समय छुट्टाइएको छ ।
बैठकको दोस्रो दिन बुधवार ११ बजेसम्म ३० जना नेताहरूले धारणा राखिसकेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बुधवार बिहान ८ बजेबाट सुरु भएको बैठकमा घनप्रसाद गौतम, ठगेन्द्रप्रकाश पुरी, अमृत तिम्सिना, बालगोपाल थापा, जुद्धबिलास भण्डारी, टिकाराम शर्मा, अमरनाथ शर्मा, नरेन्द्र, दिर्घ सोडारी, शेरबहादुर कुँवर, झम्क कँडेल लगायतले बोलिसकेका छन् ।
त्यसैगरी पूर्णा जोशी, लालबहादुर थापा, धर्म पौडेल, पासाङ शेर्पा, धनराज आचार्य, शान्ता पाख्रिन सोम सापकोटा, हस्त शाही, शिवराग बिस,बिदुर बिसु, विष्णु लम्साल, केदार बिसुन, केदार सन्जेल बिसुन्क, मुनु सिग्देल राजकुमार बिसुन्ख, मोहन गौतम, पुष्प पोखरेल, पार्वती बिसुन्खे, लक्ष्मण कुँवर र सत्यनारायण यादवले अध्यक्षको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । एकीकृत समाजवादीमा झन्डै ४सय जना केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिएर बैठक बिहीबार सक्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण