उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।
नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका हुन् ।
रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ ।
यसैबीच कार्कीले थापाले विश्वासको मत नियुक्ति हुनसक्ने अवस्था नभएको भन्दै संविधानको धारा १६८ को उपधारा (३)अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग पनि गरेका छन् ।
‘मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नै नसक्ने र पुनः निजले सो अवसर पनि प्राप्त गर्न नमिल्ने र नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुन पाउने मेरो संवैधानिक अधिकार नै भएकाले प्रत्यर्थी प्रदेश प्रमुखलाई नेपालको संविधान धारा १६८ (३) बमोजिम निवेदकलाई मुख्यमन्त्री नियुक्ति गर्नु गराउनु भनि परमादेश लगायत अन्य उपर्युक्त आदेश जारी गरि पाउँ’ रिट निवेदनमा उल्लेख छ ।
यस्तै रिट निवेदनमा मुद्दाको टुंगो नलागेसम्म सरकारले दीर्घकालिन असर पर्ने प्रकृतिका कामकारबाही र निर्णय गर्नु सर्वथा अनुचित, गैरसंवैधानिक, गैरसंसदीय र संवैधानिक नैतिकताको विपरीत हुने भएकोले त्यस्तो कुनै पनि काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश गर्नुपर्ने माग पनि गरिएको छ । यस्तै कार्कीले यसअघि साउन ११ गते सर्वोच्च अदालतले दिएको आदेशको मुख्यमन्त्री थापाले उल्लंघन गरेको भन्दै अदालतको अपहेलनामा कारबाही गरी हदैसम्म सजाय गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण