मानवताभन्दा ठूलो धर्म केही छैन : प्रदेश प्रमुख शेरचन
लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानवताभन्दा ठूलो धर्म केही नभएको बताएका छन् । उनले मानवताका लागि गरिएका अभियानले ठूलो धर्म कमाएको भन्दै मानव सेवामा लाग्ने जो कोही पनि सबैको लागि प्रिय पात्र बन्ने बताए ।
नेपाल मानव सेवा आश्रमको आयोजनामा आजदेखि रूपन्देहीमा सुरु भएको सप्ताहव्यापी १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताए ।
वर्तमान समयमा दुःखी, गरिब, सहयोगको अपेक्षा गरेका व्यक्तिको सहयोग गर्नुनै मुख्य धर्म भएको भन्दै उनले यसका लागि योजनाका साथ लाग्न सबै तहका सरकारलाई आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईंले मानव भएपछि मानवको सेवा गर्नुनै सबैभन्दा ठूलो पुण्यको काम भएको बताए ।
सिद्धार्थनर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई प्रदान गर्दै आएको सहयोग अर्को वर्ष अझ बढाउँदै लैजाने बताए । नेपाल मानवसेवा आश्रममका संरक्षक डा गोविन्द टण्डनले मानवता प्रवर्द्धन अभियान नेपालबाट सुरु भएर अब विश्वभर नै फैलिने बताए ।
मानवसेवा आश्रम नेपालका अध्यक्ष तथा अभियन्ता रामजी अधिकारीले सबैको साथ र सहयोग भए नेपाल विसं २०८२ भित्रमा सहयोगापेक्षी मानव मुक्त सडक घोषणा हुने बताए । देशका ३६ वटा जिल्लाबाट एक सय पाँच जना युवा युवतीको सहभागिता रहेको कार्यक्रम सात दिनसम्म चल्ने मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिए ।
मानिस असल बनाउनका लागि के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ, समाज सेवा के हो, समाज सेवासँगैका अन्य क्रियाकलाप के के हुन् लगायतका विषयमा विभिन्न प्रशिक्षकले सहजीकरण गर्ने नेपाल मानवसेवा आश्रमका उपाध्यक्ष सुशीला केसीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण