मेटमणिलाई ओलीको जवाफ : केपी ओलीलाई हतकडी लगाउने ठाउँ छैन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पदमा रहँदा गरेका कुनै पनि काम कारबाही कानुनविपरित नभएको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कानुनले केपी ओलीलाई हतकडी लगाउने कुनै ठाउँ राखेको छैन, राख्दै राख्दैन ।’
उनले कुनै गल्ती नगरेकैले आफू ढुक्कले बोल्ने गरेको पनि बताए । ‘मलाई थाहा छ विरोधीहरू छन् । तिनले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । म सतर्क छु कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर । म प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्री हुँदाका मेरा काम कारबाहीहरू कानुन पल्टाइपल्टाई फैसला र निर्णय गर्ने गरेको छु’, ओलीले भने, ‘त्यसकारण यिनीहरूका इच्छाले केपी ओलीलाई फसाउन सक्दैनन् । माकुराको जालोमा भैँसी पर्दैन ।’
अध्यक्ष ओलीले ठुलठुला भ्रष्टाचारका काण्ड ओझेलमा पार्न एमाले र आफूतिर दोष लगाउने गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । केही दिनअघि एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सुन तस्करीमा संलग्न रहेको भन्दै एक वर्षभित्र पक्राउ पर्ने दावी गरेका थिए । ओलीले चौधरीको नाम नलिई उनैप्रति सङ्केत गर्दै आफूले कुनै पनि निर्णय कानुनविपरित नगरेकाले नफस्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण