मेटमणि चौधरीको दाबी : केपी ओली यसै वर्ष पक्राउ पर्दैछन् !
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।
मंगलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले यस्तो दाबी गरेका हुन् । उनले अध्यक्ष ओली सुन तस्करीमा संलग्न रहेको आरोप पनि लगाए ।
चौधरीले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको भन्दै पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद् अवरुद्ध गरिरहेको आरोप लगाए ।
‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्’, उनले भने, ‘हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छन् । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’
प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण