गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गछौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार गौरा पर्वको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताए । उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताए । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताए । उनले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढी सकेको बताए । उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास रहेको बताए । उनले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण