आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बालसुधार गृहबाट भागेका ६ ‘नाबालक बन्दी’ अझै सम्पर्कमा आएनन्

भक्तपुरका प्रजिअ भन्छन्–भाग्छन भन्ने कल्पना थिएन
बिहीबार, ०७ भदौ २०८०, २१ : ४३
बिहीबार, ०७ भदौ २०८०

काठमाडौं । भक्तपुरको सानो थिमीस्थित बालसुधार गृहबाट भदौ ४ मा २ सय २१ नाबालक कैदी फरार भए । थुनामा रहेका साथिको मृत्युपछि सुधार गृहको पछाडीपट्टिको ढोका तोडेर उनीहरु भागेको प्रशासनको प्रारम्भिक छानबिनकाे निष्कर्ष छ । भागेका मध्ये ६ जना नाबालक बन्दी अझै सम्पर्कमा आएका छैनन् ।

सम्पर्कमा नआएकाहरुको खोज भइरहेको र परिवारलाई पनि सम्पर्कमा आए खबर गर्न आग्रह गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले रातोपाटीलाई बताए । प्रजिअ रिजाल भन्छन्–‘सम्पर्कमा आएकाहरुलाई आजबाट सुधार गृहमा राख्न थालेका छौं ।’

नाबालक बन्दीहरुले तोडफोड गरेको संरचना मर्मत गरेर प्रशासनले पक्राउ गरिएका र सम्पर्कमा आएकाहरुलाई पुरानै ठाउँमा राख्न थालेको छ । फरार ६ जना सम्पर्कमा आएपछि पढाई शुरु गर्ने स्थानीय प्रशासनको तयारी छ ।

‘नाबालक बन्दी’ कमल बस्नेतको आइतबार बिहान मृत्युभएपछि शुरु भएको विवादको बिचमा अरु नाबालकहरु फरार भएका हुन् । भाग्छन भन्ने कल्पना नै नगर्दा अप्रत्यासित घटना भएको भक्तपुरका प्रजिअ रिजालले बताए । उनले भने–‘भाग्छन भन्ने कल्पना नै भएन ।’

khagendra-rijal

बालसुधार गृह हतियार निषेधित क्षेत्र हो । त्यहाँ खटिने प्रहरीले हतियार बोक्न पाउँदैनन् । मुलगेट बाहिर प्रदर्शन भएको हुनाले त्यहाँ सशस्त्र र नेपाल प्रहरी परिचालित थियो । तर, पछाडिको कमजोर ढोका तोडेर नाबालक बन्दीहरु भाग्न सफल भएको स्थानिय प्रशासनको निष्कर्ष छ । प्रजिअ रिजाल भन्छन्–‘नाबालक बन्दीहरुले अचान शिक्षक र वार्डेनलाई आक्रमण गरेको र पछाडीको कमजोर ढोका तोडेर निस्केको हाम्रो निष्कर्ष छ ।’

नाबालक हुँदा कैद सजाय तोकिने तर, उमेर पुगेपछि पनि त्यहिँ बस्नुपर्ने कानूनी व्यवस्थाका कारण सुधार गृहमा ‘अराजकता’ निम्तिने जानकाहरु बताउँछन् । १८ वर्ष पुरा नहुँदै कसैले कसुर गरेर सजाय तोकिएपछि सजाय पुरा नगरुन्जेल उमेर पुरा हुँदा पनि उनीहरुलाइ सुधार गृहमा नै राख्नुपर्ने व्यवस्था ‘बालबालिका सम्बन्धी कानून’मा छ ।

भक्तपुरमा पनि त्यस्ता कैदबन्दी छन् । ती कैदीबन्दीका कारण अराजक अवस्था निम्तिएको प्रहरीको निष्कर्ष छ । ‘नाबालक कैदी’हरुले सुधार गृह प्रशासनलाई कमल बस्नेत बिरामी भएको कुरा समयमा भनेपनि ‘बेवास्ता’ गरेको कारण मृत्यु भएको भन्दै विवाद निकालेका थिए । सुधार गृह व्यवस्थापन गर्ने जिम्मा लिएको संस्था युसेप नेपालको गाडी नभएर ट्याक्सीमा कमललाई अस्पताल लैजानुपरेको र मृत्यु भएको भन्दै सुधार गृहभित्रै नाबालकहरुले विवाद गर्न थालेपछि त्यहाँ खटिएका प्रहरीले थप मद्दत मागेका थिए ।  

सुधार गृहमा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा २० जना प्रहरी खटिएका छन् । तर, उनीहरुले हतियार बोक्न नपाउँदा स्थिति नियन्त्रणमा समस्या भएको स्थानीय प्रशासनको भनाई छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप