नेपालमा भित्रियो जर्मनी विलासी कार ‘अउडी’, मूल्य १ करोड ५० लाख !
काठमाडौँ । विश्व प्रसिद्ध जर्मनी विलासी कार ‘अउडी’ नेपाल भित्रिएको छ । काएरोस इन्टरनेसनल काठमाडौँले अउडीको दुइवटा प्रिमियम सेग्मेन्टको अउडी कार नेपाली बजारमा भित्र्याएको हो ।
शुक्रवार एक कार्यक्रमकाबीच कम्पनीले दुई मोडल क्यु फोर ३५ ई–ट्रोन र क्यु फोर ई–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको हो । उपलब्ध क्यु फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ भने अउडीको अर्को प्रिमियम मोडल क्यु फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।

५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको गाडीमा १ सय २५ किलोवाटको मोटर पिकपार प्रदान गरिएको छ । एक पटकको फूल चार्जमा गाडीले ३ सय ४९ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका दुई मोडल विद्युतीय कार नेपाल भित्र्याएको कम्पनीले जनाएको छ । कारसँगै उच्च स्तरीय सर्भिसको तयारी समेत कम्पनीले थालिसकेको बताएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण