आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा भित्रियो जर्मनी विलासी कार ‘अउडी’, मूल्य १ करोड ५० लाख !

शुक्रबार, ०८ भदौ २०८०, १५ : ०५
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । विश्व प्रसिद्ध जर्मनी विलासी कार ‘अउडी’ नेपाल भित्रिएको छ । काएरोस इन्टरनेसनल काठमाडौँले अउडीको दुइवटा प्रिमियम सेग्मेन्टको अउडी कार नेपाली बजारमा भित्र्याएको हो । 

शुक्रवार एक कार्यक्रमकाबीच कम्पनीले दुई मोडल क्यु फोर ३५ ई–ट्रोन र क्यु फोर ई–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको हो । उपलब्ध क्यु फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ भने अउडीको अर्को प्रिमियम मोडल क्यु फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ । 

car-audi2

५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको गाडीमा १ सय २५ किलोवाटको मोटर पिकपार प्रदान गरिएको छ । एक पटकको फूल चार्जमा गाडीले ३ सय ४९ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । 

जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका दुई मोडल विद्युतीय कार नेपाल भित्र्याएको कम्पनीले जनाएको छ । कारसँगै उच्च स्तरीय सर्भिसको तयारी समेत कम्पनीले थालिसकेको बताएको छ । 

car-audi4

car-audi3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप