एमाले सचिव भट्टराईले भने– धरानलाई कसका आँखा लागे खै
शुक्रबार, ०८ भदौ २०८०, १९ : ३२
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले धरानवासीलाई संयम हुन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले उत्तेजना र विद्वेष त्याग्न पनि आग्रह गरेका छन् ।
उनले लेखेका छन्, 'प्रकृतिको उपहार अनि सभ्य र सुन्दर सहर, सबैलाई माया दिने अनि कसैप्रति वैरभाव नराख्ने, पूर्वको मायालु सहर धरानलाई कसका आँखा लागे खै ? धैर्य गरौँ, संयम बनौँ, उत्तेजना र विद्वेष त्यागौँ, संवाद गरौँ, आ-आफ्नो ठाउँमा फर्किउँ, अनि सोचौँ बैरी जात हो कि गरिबी ।'
यसअघि धरानका सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबैपक्षलाई अपिल गरेका छन् ।
यस्तै सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण