मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचिव भट्टराईले भने– धरानलाई कसका आँखा लागे खै

शुक्रबार, ०८ भदौ २०८०, १९ : ३२
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले धरानवासीलाई संयम हुन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले उत्तेजना र विद्वेष त्याग्न पनि आग्रह गरेका छन् । 

उनले लेखेका छन्, 'प्रकृतिको उपहार अनि सभ्य र सुन्दर सहर, सबैलाई माया दिने अनि कसैप्रति वैरभाव नराख्ने, पूर्वको मायालु सहर धरानलाई कसका आँखा लागे खै ? धैर्य गरौँ, संयम बनौँ, उत्तेजना र विद्वेष त्यागौँ, संवाद गरौँ, आ-आफ्नो ठाउँमा फर्किउँ, अनि सोचौँ बैरी जात हो कि गरिबी ।'  

यसअघि धरानका सबै राजनीतिक दलहरुले  सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबैपक्षलाई अपिल गरेका छन् । 

यस्तै सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । 

y

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप