लुम्बिनीका मुख्यमन्त्रीले गरे ग्लोबल डेरीको अवलोकन
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसहितको टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित ग्लोबल डेरी प्रालिको अवलोकन गरेको छ । शनिवार सो टोलीले डेरीको अवलोकन गरेको हो ।
अवलोकन गर्ने क्रममा सो टिमले उद्योगका सञ्चालक एवं सम्पूर्ण उद्योगमा कार्यरत कर्मचारीहरूलाई धन्यवाद सहित प्रशंसा गरेको थियो ।
मुख्यमन्त्रीसहितको टोलीले उद्योगको थप प्रगतिको कामना गर्दै लुम्बिनी प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको थियो ।
डेरी उद्योगका सञ्चालक एवं अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार हाल उद्योगले दैनिक ५० हजार लिटर दूध खपत गरी उपभोक्ता माझ पुर्याइरहेको छ ।
२० हजारभन्दा बढी किसानसँग कारोबार गरिरहेको सो उद्योगमा दैनिक २०० जनाले रोजगारी पाइरहेका छन् । सो डेरीले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ९ जिल्लाबाट दूध सङ्कलन गरिरहेको न्यौपानेले बताए ।
अवलोकन टोलीमा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, नवराज लामिछाने, रिमा नेपाल, बुद्धभूमि नगरपालिका मेयर केशव श्रेष्ठ, वाणगंगा नगरपालिकामा मेयर चक्र अर्याल, बुद्धभूमि नगरपालिका वडा नं १ र ९ का वडा अध्यक्ष समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण