मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति निर्वाचन

पूर्वाधार समितिबाट माओवादीका माधव ‘आउट’, राप्रपाका दीपक ‘इन्’

आइतबार, १० भदौ २०८०, १३ : ४९
आइतबार, १० भदौ २०८०

काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आउट भएका छन् । १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो ।

तीमध्ये विकास समितिको सभापतिमा सापकोटा र कानुनमा विमला सुवेदीलाई बनाउने तयारी गरेको थियो ।  सोही बमोजिम सापकोटालाई बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय बोलाइएको थियो । तर अन्तिममा गठबन्धन दलले रास्वपा र राप्रपालाई समेत सभापति दिने निर्णय गरेपछि कांग्रेस र माओवादी एक/एक समिति घटुवामा परेका हुन् ।

माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो । दुईमध्ये रापप्रपाले विकास समिति रोजेपछि सापकोटा आउट भएका हुन् । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन् ।  ‘सहमतिका लागि हामीले पाएको समितिमध्ये विकास समिति राप्रपालाई दियौं’, माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप