मधेसको विवाद थाँती राखेर अभियानमा जुट्न माओवादीको निर्देशन
काठमाडौँ । मधेसमा देखिएको विवादलाई थाँती राखेर माओवादी केन्द्रले मधेस प्रदेशमा तीन महिने अभियान सञ्चालन गर्ने भएको छ ।
मधेसमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव मातृका यादवबीचको द्वन्द्वका कारण संगठन निर्माण भइरहेको थिएन । त्यहाँ दुई नेताबिचको गुटमात्र होइन, नेतापिच्छे गुट भएका कारण संगठन निर्माणमा समस्या भइरहेको थियो ।
सात प्रदेशमध्ये अन्य प्रदेशमा संगठन निर्माण भए पनि मधेस प्रदेशमा पार्टीभित्रको आन्तरिक विवादका कारण संगठन निर्माण ठप्प रहेको अवस्थामा पछिल्लो केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज हेरफेर गरेपछि पार्टीको आन्तरिक गतिविधि चलायमान भएको छ ।
मधेस प्रदेशको इन्चार्जमा पार्टीका सचिव लीलामणि पोखरेलले जिम्मेवारी पाएपछि रौतहटमा मधेस प्रदेशको बैठक बसेको थियो । बैठकमा पार्टीभित्रको विवादका बारेमा केही कुरा नै गर्न दिइएन ।
बैठकमा सहभागीले पार्टी विवादको बारेमा पनि कुरा उठाउन चाहेका थिए तर इन्चार्ज पोखरेलले अबको यो तीन महिना पार्टीभित्रको कुनै पनि विवाद छलफलमा ल्याउन नपाइने प्रस्ट पारे । तीन महिना आआफ्नो काम गरेर देखाउने, त्यसपछि मात्र अन्य विषयमा कुराकानी हुने भन्दै उनले विवादको बारेमा कसैको कुरा नै सुन्न चाहेनन् ।
बैठकमा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवका अनुसार इन्चार्ज पौडेलले यो तीन महिने अभियानमा कसले कति काम गर्छ, त्यसको मूल्याङ्कनका आधारमा पार्टीको विवाद समाधान हुने बताएका थिए ।
मधेस प्रदेशका केन्द्रीय सदस्यहरूलाई आफ्नो जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । तीन महिने अभियान सञ्चालन गर्दा त्यसको दैनिक रिपोर्टिङ केन्द्रलाई गर्नुपर्ने हुन्छ । कहाँ कसलाई भेटियो, कस्तो कस्तो गतिविधि गरियो भन्नेबारे भिडियो बनाएर दैनिक रूपमा केन्द्रमा जानकारी गराउन बैठकले निर्देशन दिएको छ ।
तीन महिनाको अभियानकै क्रममा विभिन्न तहका कमिटी पनि निर्माण गर्दै जाने केन्द्रीय सदस्य यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण