शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मिलन नेवारको नयाँ गीत ‘नाचेको नाचै गर्ने हो’

आइतबार, १० भदौ २०८०

काठमाडौँ । हरितालिका तिजलाई लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाचै गर्ने हो’ सार्वजनिक भएको छ । 

पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाचै गर्ने हो जस्ता शब्दले सजिएको गीतमा शब्द तथा सङ्गीत राजनराज सिवाकोटीको छ ।

भिडियोमा गायिका मिलन नेवार आफैले अभिनय गरेकी छन् ।  उत्सव दाहालको छायाङ्कन रहेको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया