सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आमाबाबुका यस्ता पाँच गल्तीले बच्चालाई आत्मनिर्भर बन्न दिँदैन, आफैँलाई बदल्नुहोस्

सोमबार, ११ भदौ २०८०, १२ : ०९
सोमबार, ११ भदौ २०८०

आमाबाबुले आफ्ना छोराछोरीको भलाइको बारेमा चिन्तित हुनु स्वाभाविक हो । आफ्ना छोराछोरी जीवनमा सफल होउन् र उनीहरूले देखेका सबै  सपनाहरू प्राप्त गरुन् भन्ने पनि चाहन्छन् । तर कतिपय अवस्थामा आमाबाबु प्रायः आफ्नो बच्चाले सबै कुरा पाओस् भन्ने चाहनामा अति सुरक्षात्मक बनिदिन्छन् । सन्तानलाई कुनै हानीबाट जोगाउन सक्दो प्रयास गर्छन् तर तपाईंले के याद राख्नुपर्छ भने बच्चालाई आफ्ना गल्तीबाट सिक्ने मौका दिनुहोस् । यति मात्र होइन, कहिलेकाहीँ आमाबाबुले बच्चाको जीवन कस्तो हुनुपर्छ भनेर आफैँले निर्णय लिन्छन्, स्वतन्त्र तरिकाले निर्णय लिन दिँदैनन् । 

फलस्वरूप, अभिभावकहरू आफ्नै बच्चाको विकासमा बाधक बन्छन् र बच्चाको निर्णय गर्ने क्षमता विकसित नै हुन पाउँदैन ।

सेल्फसफिसियन्टकिडका अनुसार यदि आमाबाबुले आफ्नो बच्चाको जीवन आफ्नै हिसाबले चलाउन खोज्छन् वा उनीहरूको हरेक निर्णय आफैँले लिन्छन् भने यसले उनीहरूको निर्णय लिने क्षमतामा बाधा पुर्‍याउँछ र उनीहरूको आत्मविश्वास डगमगाउन थाल्छ । त्यसैले हार्ने डरबाट आमाबुवा बाहिर निस्कनुपर्छ र उनीहरूलाई आफ्नै हारबाट सिक्ने मौका दिनुपर्छ । 

छोराछोरी रिसाएको, हारेको वा असफल भएको देख्नु आमाबाबुलाई कठिन हुन्छ तर यी भावनाबाट बच्चालाई जोगाउन तपाईंले सधैँ ढालको रूपमा काम गर्नुभयो भविष्यमा उनीहरू आफ्नो खराब समयमा राम्रोसँग जुध्न सक्दैनन् । त्यसैले तपाईंले आफ्नो सन्तानलाई कोचको रूपमा बाटो देखाइदिने र निर्णय दिने स्वतन्त्रता दिँदा राम्रो हुन्छ । 

आमाबाबुले आफ्नो सन्तानको जीवनमा धेरै नै हस्तक्षेप गर्नु राम्रो नभएजस्तै उनीहरूलाई आवश्यकताभन्दा बढी स्वतन्त्रता दिनु पनि गलत हुनसक्छ । त्यसैले घरमा तालिका बनाउनुहोस् । उनीहरूलाई घर र बाहिरको काम दिनुहोस् र अनुशासित जीवन बाँच्न सिकाउनुहोस् । 

केही आमाबुवा बच्चाको सबै काम आफैँ गरिदिन्छन् । तर उनीहरूलाई आफ्नो काम आफैँ गर्न उत्प्रेरित गर्नुहोस् । बाल्यकालदेखि नै उनीहरूलाई आफ्नो काम कसरी गर्ने भनेर सिकाउनुहोस् । उनीहरूलाई आफ्नो गृहकार्य गर्न, किताबलाई मिलाएर राख्न, कोठा सफा राख्न, गमलामा पानी हाल्न सिकाउनुहोस् । यसरी उनीहरू जिम्मेवारी लिन सिक्नेछन् र राम्रोसँग काम जान्नेछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप