अनशनरत चापागाईँको सत्याग्रहमा आरजु राणाको ऐक्यबद्धता
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको अस्वाभाविक शुल्क वृद्धि फिर्ताका लागि पहल गर्ने बताएकी छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगेर अनशनरत सुलभ चापागाईँको मागमा प्रतिबद्धता जनाउँदै उनले यस्तो बताएकी हुन् ।
शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाईँ मङ्गलवारदेखि अनशनमा बसेका छन् । राणाले आईओईले गरेको मूल्य वृद्धिको विरोध गर्दै चापागाईँको आन्दोलन अब सिङ्गो पार्टीको भएको बताइन् ।
‘सुलभ चापागाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना छ । तपाईंको आन्दोलन अब सिङ्गो पार्टीको आन्दोलन भयो,’ उनले भनिन्, ‘तपाईँ छोरा सम्मान हुनुहुन्छ । तिम्रो साहस र सत्याग्रहलाई उच्च समान छ।’
यो विषयमा आफू गम्भीर भएको भन्दै राणाले शुल्क वृद्धि फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै उनले सरकारी संस्थालाई राज्यस्तरबाट सम्पूर्ण सेवा सञ्चालन गर्नका निम्ति जोड दिनुपर्ने बताइन् ।
‘आर्थिक अभाव र जेहेन्दार विद्यार्थीहरुलाई राज्यले विशेष रूपमा उच्च शिक्षामा जोड दिनुपर्छ । भाइको आन्दोलनले थप सरोकारवाला निकायलाई ध्यानाकृष्ट गरेको छ,’ राणाले भनिन् । अनशनरत चापागाईँको स्वास्थको ध्यान दिन पनि सम्पूर्ण जिम्मेवार पक्षलाइ उनले ध्यानाकर्षण गराएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण