बेलायतका हजारौँ हवाई यात्रु प्रभावित, के हो कारण ?
बेलायतमा हजारौँ हवाई यात्रुहरूले कठिनाइको सामना गरिरहेका छन् । बेलायतको एयर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ उडानहरू रद्द वा ढिलो गरी सञ्चालन भइरहेका छन् ।
बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ । यसै कारण अब उडानको योजना कुनै प्रणालीविना नै गर्नुपर्ने भएको छ । अर्थात् जुन गतिमा मेसिनले काम गर्दथ्यो, अब त्यो काम मानिसले गर्नुपरेको छ । त्यसैले पनि यसमा ढिलाइ भइरहेको छ ।
यो प्राविधिक गडबडीका कारण मानिसहरू बेलायत र विदेशमा अलपत्र परेका छन् । राष्ट्रिय वायु ट्राफिक सेवाले अवतरण गर्न सक्ने विमानहरूको सङ्ख्या सीमित गरेको छ ।
केही घण्टामै समस्या समाधान भए पनि सेवामा ढिलो हुने विमानस्थल र वायुसेवा कम्पनीले जानकारी दिएको छ ।
एक यात्रुले बीबीसीलाई उनको उडान दिउँसो भएको तर मध्यरातपछि पनि निस्कन नसकेको बताएकी छन् ।
यात्रुले केही दिनसम्म यस्तो समस्या भोग्नुपर्ने सम्भावना पनि व्यक्त गरिएको छ ।
लन्डनको हिथ्रो विमानस्थलले सोमबार राति मङ्गलवार यात्रा गर्नुपर्ने यात्रुले विमानस्थलमा आउनुअघि एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुपर्ने बताएको छ ।
अन्य एयरपोर्टका यात्रुहरूलाई पनि यस्तै सल्लाह दिइएको छ ।
यो प्राविधिक समस्याको असर ब्रिटिस एयरवेज, भर्जिन एट्लान्टिक, टियुआईका उडानमा पनि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण