सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका हजारौँ हवाई यात्रु प्रभावित, के हो कारण ?

मङ्गलबार, १२ भदौ २०८०, ०७ : ५२
मङ्गलबार, १२ भदौ २०८०

बेलायतमा हजारौँ हवाई यात्रुहरूले कठिनाइको सामना गरिरहेका छन् । बेलायतको एयर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ उडानहरू रद्द वा ढिलो गरी सञ्चालन भइरहेका छन् । 

बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ । यसै कारण अब उडानको योजना कुनै प्रणालीविना नै गर्नुपर्ने भएको छ । अर्थात् जुन गतिमा मेसिनले काम गर्दथ्यो, अब त्यो काम मानिसले गर्नुपरेको छ । त्यसैले पनि यसमा ढिलाइ भइरहेको छ । 

यो प्राविधिक गडबडीका कारण मानिसहरू बेलायत र विदेशमा अलपत्र परेका छन् । राष्ट्रिय वायु ट्राफिक सेवाले अवतरण गर्न सक्ने विमानहरूको सङ्ख्या सीमित गरेको छ ।

केही घण्टामै समस्या समाधान भए पनि सेवामा ढिलो हुने विमानस्थल र वायुसेवा कम्पनीले जानकारी दिएको छ । 

एक यात्रुले बीबीसीलाई उनको उडान दिउँसो भएको तर मध्यरातपछि पनि निस्कन नसकेको बताएकी छन् ।

यात्रुले केही दिनसम्म यस्तो समस्या भोग्नुपर्ने सम्भावना पनि व्यक्त गरिएको छ । 

लन्डनको हिथ्रो विमानस्थलले सोमबार राति मङ्गलवार यात्रा गर्नुपर्ने यात्रुले विमानस्थलमा आउनुअघि एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुपर्ने बताएको छ ।

अन्य एयरपोर्टका यात्रुहरूलाई पनि यस्तै सल्लाह दिइएको छ ।

यो प्राविधिक समस्याको असर ब्रिटिस एयरवेज, भर्जिन एट्लान्टिक, टियुआईका उडानमा पनि देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप