प्रधानमन्त्रीलाई राणाको प्रश्न : चीन भ्रमणका एजेन्डा र प्राथमिकता केके छन् ?
काठमाडौँ । कांग्रेस सांसद उदय शमशेर राणाले प्रधानमन्त्री प्रचण्डलाई तीन वटा प्रश्न गरेका छन् । उनले उपत्यकाभित्र बढ्दो जनसङ्ख्यालाई व्यवस्थित गर्न चक्रपथ बाहिर नगर र गाउँ जोड्न विस्तार गर्ने सडक नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाए पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकास समस्या परेको भन्दै उपत्यकाको ३५ प्रतिशत भूगोल ओगट्ने ललितपुर १ जोड्ने तीन सडकलाई मुअब्जा र विस्तारको लागि बजेट विनियोजन नगरी विधेयक गरिएको बताए । साथै उनले यी वैकल्पिक सडक र नयाँ बस्ती विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको योजना के छ रु भनेर प्रश्न गरे । यस्तै उनले यति वेला आर्थिक इन्डिकेटर सकारात्मक, भुक्तानी सन्तुलन पनि राम्रै छ तर अर्थतन्त्र अवरुद्ध अवस्थामा रहेकाले वैदेशिक लगानी सहयोग बढ्न नसकेको बताए । उनले आन्तरिक लगानी बढाउन सरकारको प्राथमिकता नभएको भन्दै बैंकमा पैसा थुप्रिएको छ तर साना मझौला उद्योगले पैसा नपाएको गुनासो गरेकाले असन्तुलन आर्थिक व्यवस्थालाई सन्तुलनमा ल्याउन सरकारको योजना के छ भनेर प्रश्न गरे । राणाले प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकता केके हुन् ?भनेर पनि प्रश्न गरे ।
जवाफ दिँदै प्रधानमन्त्रीले काठमाडौँ उपत्यकामा पूर्वाधार विकासमा बजेट विनियोजन गरेको तथा ललितपुर निर्वाचन क्षेत्र १ जोड्ने सडकका सरकारले ध्यान दिने बताए । उनले सरकारले चालेका कदमबाट अर्थतन्त्र बिस्तारै सहज अवस्थामा गएको राष्ट्र बैकको सूचकाङ्कले पनि देखाएको बताए ।
‘२०८० असार मसान्तसम्म २८० अरब ५२ करोड बचतमा रहेको छ । विदेशी संचिति गत वर्षको यही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५ सय ३९ अरब ३६ रुपैयाँ पुगेको र यसले १० महिना धान्न सक्नेछ’, प्रधानमन्त्रीको जवाफ छ ।
वैदेशिक रेमिट्यान्समा वृद्धि भएको भन्दै वैदेशिक लगानीको स्वीकृति बढाउने काम भएको, जग्गाको कित्ताकाट खुलाएको भन्दै उनले उत्पादन मूलक तीन करोड ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्रीको भनाइ छ ।
निकट भविष्यमा हुने चीन भ्रमण दुई देशबिचको सम्बन्धलाई थप उचाइ तथा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने, सीमा नाका प्रभावकारी तथा सडक, ऊर्जा ,व्यापार क्षेत्रमा चीनको सहयोग भ्रमणको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको जवाफ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण