समाचार
एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता
बुधबार, १३ भदौ २०८०, ०९ : ४४
काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको हो ।
सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए ।
‘जनकपुर नजिकै पुगेर पनि अकासबाटै जहाज फिर्ता भएर काठमाडौँ फर्कियो । प्राविधिक समस्या भएको भनेर जानकारी गराइयो’, नेता नेम्वाङले भने, ‘काठमाडौँबाट अर्को जहाज चढेर पुन जनकपुर जाने तयारीमा छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण