मेयर बालेन शाहले एसिया कप खेल्ने नेपाली टोलीलाई रमाइलो पाराले दिए शुभकामना
काठमाडौँ । नेपाली क्रिकेट टोलीले बुधबार दिउँसो आयोजक पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्दैछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।
खेल सुरु हुनुअघि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खेलाडीलाई सफलताको शुभकामना दिएका हुन् । उनले भनेका छन्, ‘टिभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, शाहीन अफ्रिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैं रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यी खेलाडीहरुसँग खेल्दा कस्तो हुन्थ्यो !’
मेयर शाहले नेपाली खेलाडीले पाकिस्तानी खेलाडीसँग खेल्दाको क्षण कस्तो होला ? भनेर आफूले निकैअघिदेखि सोच्ने गरेको पनि बताएका छन् ।
‘अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैं मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदैछ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना,’ उनले भनेका छन् ।।
यस्तो छ शाहको स्टाटस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
-
कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण