मेयर बालेन शाहले एसिया कप खेल्ने नेपाली टोलीलाई रमाइलो पाराले दिए शुभकामना

काठमाडौँ । नेपाली क्रिकेट टोलीले बुधबार दिउँसो आयोजक पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्दैछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।
खेल सुरु हुनुअघि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खेलाडीलाई सफलताको शुभकामना दिएका हुन् । उनले भनेका छन्, ‘टिभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, शाहीन अफ्रिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैं रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यी खेलाडीहरुसँग खेल्दा कस्तो हुन्थ्यो !’
मेयर शाहले नेपाली खेलाडीले पाकिस्तानी खेलाडीसँग खेल्दाको क्षण कस्तो होला ? भनेर आफूले निकैअघिदेखि सोच्ने गरेको पनि बताएका छन् ।
‘अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैं मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदैछ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना,’ उनले भनेका छन् ।।
यस्तो छ शाहको स्टाटस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’