बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

बिहीबार, १८ असार २०८३, १३ : ५५
बिहीबार, १८ असार २०८३

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसाद रहेका छन्।

प्रहरीका अनुसार निसादले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडियो तथा तस्बिरहरूको दुरुपयोग गरी 'ब्ल्याकमेल' गर्ने गरेका थिए। उनले ती सामग्रीहरू देखाएर पीडितलाई मानसिक तनाव र दुःख हैरानी दिनुका साथै अनुचित लाभ लिनका लागि बारम्बार दबाब दिने गरेको साइबर ब्यूरोले अनुसन्धानबाट खुलेको जनाएको छ।

आफ्नो स्वार्थ पूरा नभएपछि निसादले ती अश्लिल भिडियो र तस्बिरहरू ह्वाट्सएप मार्फत पीडितका परिवारका सदस्यहरूलाई पठाई चरित्र हत्या गरेको प्रहरीले जनाएको छ। पीडितले दिएको निवेदनका आधारमा ब्यूरोको प्राविधिक टोलीले गरेको सुक्ष्म अनुसन्धान र विश्लेषणपछि उनलाई बुधबार काठमाडौंको टोखा नगरपालिका–७ बाट नियन्त्रणमा लिइएको हो।

साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीलेपक्राउ परेका निसादमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप