मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एक जनाको मृत्यु
बुधबार, १३ भदौ २०८०, १२ : ४५
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ४१ वर्षीय धर्म राज सापकोटा रहेका छन् ।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पिपिरा चोक स्थित धुलायाबिटबाट बजार तर्फ आउँदै गरेको भे.७ प. ७७४६ न. को मोटरसाइकलले पिपिरा चोकमा रोकी राखेको क.प्र.०२०० प ४००४ न.को स्कुटर लाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक सापकोटाको टाउको र छातीमा चोट लागेको थियो । उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण