सरकारले राजनीतिलाई गलत बाटोमा लगिरहेको छ : प्रदिप ज्ञवाली
जनकपुरधाम । नेकपा एमालेका उपमहासविच प्रदिप ज्ञवालीले सरकारले मुलुकको राजनीतिलाई गलत बाटोमा लगिरहेको आरोप लगाएका छन् । बुधबार सिरहाको सर्रे अम्बासमा भएको पार्टीको सचिवालय बैठकपछि बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
ज्ञवालीले भ्रष्टाचारलाई ढृढतापूर्वक नियन्त्रण गर्नुको साटो सेलेक्टिभ ढंगले छनौट गरी आफ्नो मान्छेलाई जोगाउने र अरुलाई तर्साउने ढंगले गरेको निर्णय भेदभावपूर्ण भएको बताए । उनले भने, ‘चाहे ललिता निवासको कुरा होस्, सुन प्रकरणको कुरा होस् , चाहे अरु कुनै प्रकरणको कुरा होस् त्यो सबै निर्णय उठाएका कदमहरु भेदभावपूर्ण छन् । राजनीतिक उदेश्यले प्रेरित छन् ।’
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न भन्दा पनि सत्तामा टिकिरहने मनसायले यस्तो कामहरु गरिरहेको उनले बताए । महासचिव ज्ञवालीले गिरीबन्धु टि स्टेट प्रकरणमा आफूहरुले कुनै गल्ती नगरेको बताउँदै त्यसमा सरकारलाई इच्छा भए छानबिन गर्न सुझाए ।
सचिवलायको बैठकमा ८ बुँदे प्रस्ताव पारित भएको उपमहासचिव ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण